ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई दश दिने आधारभूत तालिम लुहाममा सुरु

  सल्यान खबर २०८३ जेठ १० गते आइतबार १९:४९:१७ मा प्रकाशित

जेठ १०,सल्यान 

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई दस  दिने आधारभुत तथा पुणर्ताजगी तालिम त्रिवेणी  गाउँपालिकाको लुहाममा सुरु भएको छ । कपुरकोट, त्रिवेणी, छत्रेश्वरी र कालिमाटी गाउँपालिकाका २७ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका तालिममा सहभागिता रहेको छ । 

 तालिमको उद्घाटन गर्दै  गाँउपालिका अध्यक्ष खिम बहादुर रावतले कार्यक्रमको सफलताको शुभकामना सहित गाउँ बस्तिका दुर दराजमा रहेका घर घर गएर निःशुल्क र निस्वार्थ भावले स्वास्थ्य क्षेत्रमा अनबरत रुपमा काम गर्नुहुने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविकालाई सरकारले अलिक उपेक्षा गरेको महसुस गरेको बताउनु भयो ।  स्थानिय सरकारबाट पनि प्रयाप्त मात्रामा सेवा सुबिधा दिन नसकेकोमा  आफुलाई पनि आत्माग्लानी भएको बताउनु भयो. । 

.  स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका कार्यक्रम नेपाल सरकारको  प्राथमिक्ता कार्यक्रम रहेको जानकारी गराउनु भयो । उहाँले ग्रामिण क्षेत्रका आमा र बच्चाको स्वास्थ्य स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक तथा प्रवद्धर्नात्मक  सेवा पुर्‍याउने र सबै बालबालिकाहरुलाई खोपको दायरामा ल्याई खोप सेवा प्रदान गर्ने कार्यमा थप मद्दत पुग्ने उद्देश्यले यो  कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top