ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते

  सल्यान खबर २०८३ श्रावण ११ गते सोमबार २०:४३:१४ मा प्रकाशित

सल्यानमा भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका –३ स्थित कपुरकोट–किमुचौर सडक खण्ड अन्तर्गत हुलाक कार्यालयनजिक सोमबार दिउँसो अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।

किमुचौरबाट कपुरकोटतर्फ आउँदैगरेको लुप्र ०२–००१ ह १९२३ नम्बरको अटो अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

कपुरकोट आधारभूत अस्पतालको विवरणअनुसार दुर्घटनामा अटोचालक कपुरकोट गाउँपालिका –४ निवासी होमसिंह घर्तीसहित सोही वडाका २९ वर्षीय आशिष डाँगी,  ३०वर्षीय रोशन रोका मगर,  ३२ वर्षीय डम्मर राज  रोका र  २२वर्षीय रुपेश घर्ति मगर  घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार  गरेका थिए  घाइतेहरुको  कपुरकोट गाउँपालिका –३ स्थित आधारभूत अस्पतालमासामान्य उपचार पश्चात थप उपचारका लागि  दाङको तुलसीपुर रिफर गरिएको जिल्ला प्रहररी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top