ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सिकार खेल्न गएका एकजनाको गाेली लागि मृत्यु

  सल्यान खबर डेस्क २०८३ श्रावण २३ गते शनिबार २०:५५:२६ मा प्रकाशित

सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पट्किँदा एकजनाको मृत्यु भएको छ । साथीहरूसँग कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्न गएका कालिमाटी गाउँपालिका–२, बराहडुंगानिवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुनमगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

प्रहरीका अनुसार सिकार खेल्न पुनसहित सातजनाको टोली जंगल गएको थियो। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो ।  गोली पुनमगरको पेटको तल्लो भाग र कम्मरमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वरी रोकायले जानकारी दिए। 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्धबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेइतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२, बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरिएको उनको भनाइ छ। 

घटनामा प्रयोग भएको भरुवा बन्दुकलगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरूमाथि घटनाको प्रकृति र उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top