होमपेज / स्वास्थ्य
सल्यान,
स्वास्थ्य सेवा कार्यालय सल्यानले २०८३ साल जेठ महिनामा विभिन्न स्वास्थ्य सेवामार्फत ३हजार ६ सय ३३३ जनालाई सेवा प्रदान गरेको छ।
कार्यालयले सार्वजनिक गरेको मासिक सेवा प्रवाह विवरणअनुसार जेठ महिनामा सबैभन्दा बढी बहिरङ्ग सेवामा ३ हजार २ सय ११ जनाले सेवा लिएका छन् ।
१ हजार २८६ जनाले प्रयोगशाला सेवा लिएका छन्। यस्तै ५ सय ६५ जनाले युएसजी सेवा, ४६३ जनाले एक्स–रे सेवा प्राप्त गरेका छन्।
सामाजिक सेवा एकाइमार्फत १६६ जनाले सेवा लिएका छन् भने ३४२ जनाले आकस्मिक सेवा प्राप्त गरेका छन्। अस्पतालमा २८९ जना बिरामी भर्ना भएका छन्।
प्रसूति सेवाअन्तर्गत २०४ जना महिलाले सेवा लिएका छन् भने १२७ जना शिशुको जन्म अस्पतालमै भएको तथ्याङ्कमा उल्लेख छ। निःशुल्क सेवाबाट १२२ जना लाभान्वित भएका छन्।
त्यसैगरी ५८ जनाले दन्त सेवा, ३० जनाले इको सेवा, १८ जनाले फिजियोथेरापी सेवा तथा १४ जनाले शल्यक्रिया (ओटी) सेवा प्राप्त गरेका छन्।
स्वास्थ्य बीमा सेवा भने हाल स्थगित रहेकाले जेठ महिनामा उक्त सेवाबाट कुनै पनि सेवाग्राहीले लाभ लिन नपाएको विवरणमा जनाइएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार मासिक रूपमा सेवा लिने नागरिकको संख्या बढ्दै गएको छ। कार्यालयले विशेषज्ञ सेवा तथा उपचार सुविधाको विस्तारसँगै जिल्लावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।





.jpg)