ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टरको (ट्रली) ढाला पल्टिँदा एकजनाको मृत्यु

  सल्यान खबर डेस्क २०८३ असार २ गते मंगलबार १२:२६:०७ मा प्रकाशित

सल्यानमा ट्याक्टरको ढाला पल्टिँदा एकजनाको मृत्यु भएको छ। शारदा नगरपालिका– ८, मार्के स्थित खलंगा–कालीमाटी सडकखण्डअन्तर्गत मार्केदेखि सिमखर्कतर्फ जाँदै गरेको भे.१त ६९५२ नम्बरको ट्याक्टरको  (ट्रली) ढाला सडकमै पल्टिएको थियो । 

ढाला पल्टिँदा गम्भीर घाइते बनगाड कुपिन्डे नगरपालिका– ९ का १४ वर्षीय निर्मल भन्ने उत्तम यरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनकाे मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देजराज भट्टराईले जानकारी दिए। 

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। घाइते हुनेमा बनगाड कुपिन्डे नगरपालिका– ९ का ५५ वर्षीय भदे वली र साेही ठाउँका १९ वर्षीय विनोद विक रहेका छन् । दुवैजनाको कोहलपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्याक्टरचालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top