ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

बिरामी खोज्दै दार्माका घर घरमा स्वास्थ्यकर्मी

  सल्यान खबर २०८२ कार्तिक १९ गते बुधबार २०:१६:५३ मा प्रकाशित

कात्तिक १९,सल्यान 
स्क्रब टाइफस र डेंगीको प्रकोप फैलिएको दार्माका घर घरमा पुगेर स्वास्थ्यकर्मीले बिरामीको चेकजाँच गर्ने भएका छन् । दार्मा गाउँपालिकाका ६ वटै वडाहरुमा स्वास्थ्यकर्मी घर घरमा पुगी उच्च ज्वरो आएका विरामीको पहिचान गरी ती बिरामीहरुको स्क्रव टाइफस  तथा डेंगी रोगको पहिचान गर्न रक्त परिक्षण गरिने भएको हो । 

दार्मा गाउँपालिकाको वडा न ३ बाट उच्च ज्वरो आउने बिरामीको खोजपर्ताल सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । बुधबार पहिलो दिन वडा न ३ का १४ जना उच्च ज्वरो आएका बिरामीको किट मार्फत रक्त परिक्षण गर्दा एक जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनु भयो । स्क्रब टाइफसका बिरामी बढ्दै जानथालेपछि घर घरमा पुगेर ज्वरो आउने बिरामीको खोज गर्न थालिएको उहाँको भनाई छ । समयमै परिक्षण र उपचार गरेमा स्क्रब टाइफसबाट बच्न सकिने भएकाले स्क्रब टाइफसका लक्षण देखिने बित्तिकै परिक्षण गर्न आग्रह गर्नु भयो । समयमै उपचार नभए मुटु, फोक्सो र मिर्गौलामा गम्भीरमा असर पुग्ने उहाँको भनाई छ । 

प्रदेश आपूर्ति केन्द्र सुर्खेतको स्क्रव टाइफस  जाँच कीट र औषधि जन्य सामाग्रीहरुको सहयोग, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय सल्यानको प्राविधिक तथा   समन्वय र दार्मा गाउपालिकाको सहजीकरणमा घरघरमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरिन थालेको हो । 
केही अघि दार्मा गाउँपालिकाको २ स्थानमा सञ्चालन गरिएको शिविरमा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी रोगका बिरामी फेला परेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top