होमपेज / समाज
गर्मी यामसँगै सल्यानमा डढेलोले वन सखाप हुँदै गइरहेको छ। जिल्लाका ५१ वनमा लागेको डढेलोले दुई हजार ७८०.६८ हेक्टर वनमा क्षति पुगको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए।
सल्यानमा सल्लाको जंगल भएकाले पनि डढेलोको जोखिम बढिरहेको उनको भनाइ छ। उनले भने, ‘सल्यानका अधिकांश वन सल्लाको मात्र छ। जसले छिटो आगोलाई समात्न सक्छ।’
आगलागी नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र आमनागरिकलाई सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उनको भनाइ छ। ‘अग्निरेखा निर्माणदेखि आगलागीबाट हुने क्षतिबारे आमनागरिकलाई सचेतना फैलाइरहेका छौँ,’ उनले भने।
वर्षाले राहत
शनिबार र आइतबार वर्षा हुँदा जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ। डढेलो नियन्त्रण गर्न उपकरणको अभाव र स्याउलाकै भरमा डढेलो नियन्त्रण गर्न असम्भव भइरहँदा दुई दिन परेको वर्षाले काम गरेको छ। बर्सेनि लाग्ने डढेलोले जिल्लामा वायु प्रदूषण बढ्नुका साथै मानवीय स्वास्थ्यमा समेत असर परिरहेको छ।





.jpg)