ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना

  सल्यान खबर डेस्क २०८२ पौष ११ गते शुक्रबार १९:२७:२३ मा प्रकाशित

पुष ११,सल्यान
सल्यानमा पहिलो पटक सल्यान जिल्ला अस्पताल परिसरमा रक्त सञ्चार केन्द्रको स्थापना भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यान र जेनजी समूहको शक्रियतामा पहिलो पटक उपचारका समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटीले २० लाख रुपैयाँ खर्चेर तीन कोठे भवन निर्माण गरेको धेरै वर्ष बितिसक्दा समेत रक्त सञ्चार केन्द्र सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य सेवा कार्यालय र स्थानीय युवाहरुको सक्रियतामा रक्त सञ्चार केन्द्र शुक्रबारबाट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले जानकारी दिनु भयो । केन्द्र सञ्चालनमा ल्याएपछि जिल्ला अस्पतालमा उपचार  तथा शल्यक्रिया गर्नुपर्ने विरामीलाई सहज हुने उहाँको भनाई छ । यसअघि रगत आवश्यक भए विरामीका आफन्त तथा स्वास्थ्यकर्मीले रगत समूह मिल्ने व्यक्तिलाई सामाजिक सञ्जाल तथा फोन मार्फत सम्पर्क गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो ।

 डा. अर्जुन बुढा मगरले अब रगतको अभावमा विरामीलाई रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो  । उहाँले भन्नु भयो जिल्ला अस्पतालमा जटिल समस्या भएका गर्भवतीको एक दशकदेखि शल्यक्रिया हुने गरे पनि रगत चाहिने अवस्थामा सास्ती हुँदै आएको थियो । 

२०४४ सालमा स्थापना भएको अस्पताल १५ शय्याको भए पनि अहिले ४० बेड राखेर सेवा दिँइदै आएको उनले जानकारी दिनु भयो  । अस्पतालमा महिनामा ८ देखि १२ प्वाईन्ट रगत खपत हुने गरेको र रक्तसंचार केन्द्रमा संकलन गरेका रगत बढी भएमा अन्यत्र पठाउन सकिने उहाँले बताउनु भयो ।

सल्यानमा रक्तसञ्चार स्थापनाको लागि धेरै प्रयास गरेको सल्यान जेन्जीका संयोजक युवराज खडकाले जानकारी दिनुभयो । पटक पटक राजनितिक एजेन्डा बन्ने तर ब्लड बैंक सञ्चालनमा नआउँदा नागरिकले धरै समस्या भोगेकाले आज युवाहरुको सक्रियामा ब्लड बैंक सञ्चलन गरिएको बताउनु भयो । ब्लड बंैकका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामाग्री ल्याउन सफल भएको बताउनु भयो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top