होमपेज / स्वास्थ्य
पुष १३,सल्यान
सल्यानको कुमाख गाउँपालिका ५ नेटामा नेपाली सेनाको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ५सय २२ जना लाभान्वित भएका छन् । कुमाख गाउँपालिका, नेपाली सेना श्री सिद्धबक्स गण र श्री १९ न फि.ए गुल्मको समन्वयमा सम्पन्न शिविरमा कुमाख र दार्मा गाँउँपालिकाका ५२२ जनाले सेवा लिएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, दन्त सेना प्रदान गरिएको कुमाख गाउँपालिकाले जनाएको छ । ९२ जनाको भिडियो एक्सरे, १३६ जनाको दन्त सेवा, २५ जनाको विभिन्न ल्याव । १२ जनाको इसिजि, ८९ जनाको पाठेघरको जाँच गरिएको कालिमाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिहं वलीले जानकारी दिनु भयो । यस्तै ४५ जनाको भिआइए पाठेघरको मुखको क्यान्सरको जाँच गर्दा २ जनामा पोजेटिभ देखिएको उहाँको भनाई छ ।
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्योउपचार सम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको सेनाले जनाएको छ । नेपाली सेना र नागरिकबिच पारस्परिक सम्बन्ध बढाउने उद्देश्य सहित दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरेको श्री सिद्धिबक्स गण सिमखर्कका प्रमुख सेनानी शिव नारायण श्रेष्ठले बताउनु भयो । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँको भनाई छ ।





.jpg)