ट्रेण्डिङ

होमपेज / समाज

विद्युत सट भई आगलागी हुँदा सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८३ बैशाख ८ गते मंगलबार १९:०८:५२ मा प्रकाशित

वैशाख ८,सल्यान 
विद्युतको तार सटभई सल्यानमा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका ४ मोहर बस्तीका ७० वर्षीय मोतिराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार दिउँसो भन्द्र बहादुर घर्तीको बाख्राको खोरमा विद्युत सट भई उक्कासी आगलागी हुँदा बाख्राको खोरमा सुति रहेका वलीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहँको भनाई छ । 

यस्तै सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुई घरमा क्षति पुगेको छ । शारदा नगरपालिका ४ स्थित सालटाकुरी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा शारदा नगरपालिका ४ की गायात्रा विष्टको भान्सा कोठा  ५३ वर्षीय खिम बहादुर डाँगीको घरमा सामान्य क्षति भएको छ । आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top