ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

  सल्यान खबर डेस्क २०८३ बैशाख १४ गते सोमबार १५:३३:२१ मा प्रकाशित

वैशाख १४,सल्यान 
सल्यान प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका ६ दारिमज्युलाका यज्ञ बहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला अदालत दाङले २०५२ माघ २३ गते सवारी ज्यान मुद्दामा १३ दिनको कैद सजायको फैसला गरेको थियो । घटना घटेको दिनदेखि फरार बोहरालाई दारिमज्युला स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top