होमपेज / समाज
वैशाख ११,सल्यान
कर्णाली प्रदेशका पुर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बागचौर नगरपालिका ३ चौरपानीमा अस्थायी प्रहरी चौकी भवनको शिलान्यास गर्नु भएको छ । शुक्रबार एक कार्यक्रममा बिच मन्त्री शर्माले भवन शिलान्यास गर्नु भएको हो ।
सिमित स्रोत साधनको उच्चम प्रयोग गर्दै जनताको सेवामा खटिने प्रहरीका लागि सुरक्षित र व्यवस्थित भवन निर्माण गरिन थालिएको पूर्व मन्त्री शर्माले बताउनु भयो । भवन निर्माणले जनताको सेवा गर्न प्रहरीलाई थप हौसला प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भूपेन्द्र निर्माण सेवा एण्ड सप्लार्यस रुकुम पश्चिमले ठेक्का लिएको छ । सम्झौता अनुरुप निर्धारित समय भित्रमा नै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीको भनाई छ । १६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिने निर्माण व्यवसायीले जनाएका छन् । चौरपानी अस्थायी चौकीले बागचौर, कुमाख गाउँपालिकाको ७ र दार्मा गाउँपालिकाका केही वडाका नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा पूर्वाधार विकास निर्देशनालयका सुर्खेत, बागचौर नगरपालिका ३ का वडाध्यक्ष, कुमाख गाउँपालिका ७ का वडाध्यक्ष तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।





.jpg)