ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

  सल्यान खबर २०८३ बैशाख ८ गते मंगलबार १४:२०:५२ मा प्रकाशित

वैशाख ८,सल्यान 
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई सल्यान प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका ६ का ३० वर्षीय मोहन वि.क भन्ने होम बहादुर चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आफ्नै घरमा लुकिछिपि बसी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । पक्राउ परेका चलाउनेलाई  करागार चलान गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top