होमपेज / अपराध
जेठ १७,सल्यान
सल्यान प्रहरले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । दाङ देखि सल्यान आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा चालकको साथबाट ४४० मिलिग्राम ब्राउन सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ का ३७ वर्षीय शोभाराम वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
१५ गते पक्राउ परेको वलीलाई सल्यान जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको उहाँको भनाई छ ।






.jpg)