ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा अवैध तीन थान भरुवा बन्दुक बरामद

  सल्यान खबर २०८३ जेठ १४ गते बिहीबार ०८:३७:५२ मा प्रकाशित

जेठ १४,सल्यान 
सल्यानमा सामुदायिक वन लुकाई छिपाई राखेको तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ चौर स्थित सिद्धगुफा सामुदायिक वनमा वेवारिसे अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सामुदायिक वन बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक रहेको गोप्य सुचनाको आधारमा खोजतलास गर्दा उत्त, बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा खबर
Top