ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा चरेस सहित दुई जना पक्राउ

फरार प्रतिवादी पक्राउ 

  सल्यान खबर २०८३ जेठ ११ गते सोमबार २१:१६:४४ मा प्रकाशित

जेठ ११,सल्यान 
सल्यान प्रहरीले लागु औषध चरेस सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट ३३९ ग्राम ६ मिलिग्राम बराबरको लागु औषध चरेस जस्तो कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका १ का ६० वर्षीय रत बहादुर ऐरी र शोही ठाउँका ४० वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो । 

जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलको सयुक्त गस्तिले शंकास्पद अवस्थामा रहेका मानिसलाई चेकजाँच गर्दा लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको उहाँको भनाई छ । प्रारम्भिक सोधपुछ गर्दा प्राप्त सूचनाको आधारमा अर्को व्यक्तिलाई समेत पक्राउ गरि खानतलासी गर्दा उक्त व्यक्तिबाट पनि शोही प्रकृतिको आगु औषध बरामद भएको भट्टराईले बताउनु भयो ।  दुवैलाई हिरासतमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । 
फरार प्रतिवादी पक्राउ 

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्धामा फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा फरार सल्यान त्रिवेणी गाउँपालिका १ घर भई हाल दाङ शान्तिनगर गाउँपालिका ५ बस्ने ५० वर्षीय तिलकराम घर्ती र चोरी मुद्धामा फरार सल्यान सिद्ध कुमाख गाउँपालिका २ घर भई हाल कुमाख गाउँपाकिला २ नेटा बजार बस्ने २० वर्षीय ज्योति प्रकाश वि.कलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घर्तीलाई सल्यान शारदा नगरपालिका २ खलगाबाट  र वि.कलाई  कुमाख २ नेटा बजारबाट पक्राउ गरिएको सूचना अधिकारी देवराज भट्टराईले बताउनु भयो । घर्तीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र वि.कलाई सल्यान जिल्ला अदालत बुझाइएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top