ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा ब्राउन सुगर सहित दुई प्रक्राउ

  सल्यान खबर डेस्क २०८२ कार्तिक ४ गते मंगलबार ०७:४३:५८ मा प्रकाशित

कात्तिक ४,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले ९ ग्राम ६५० मिलिग्रामी ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । छत्रेश्वरी गाउँपालिका ६ का ३६ वर्षीय कृष्ण बहादुर वली र शारदा नगरपालिका २ का २८ वर्षीय संगीत परियारलाई  ब्राउन सुगर र दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिमा सवारीसाधन चेकजाँच गर्ने क्रममा वली र परियारको साथबाट लागुऔषध जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम केसीले बताउनु भयो । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरी रहेको उहाँको भनाई छ । 

यस्तै प्रहरीले ४८ किलो रातो च्याउ बरामद गरेको छ । जाजरकोट सुर्खेत सडकखण्ड अन्तर्गत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट ४८ किलो अवैध रातो च्याउ पक्राउ गरिएको प्रहरी प्रमुख डा. केसीले बताउनु भयो । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ३९३८ नम्बरको फोर्स गाडीमा चेकजाँच गर्ने क्रममा रातो च्याउ फेला परेको उहाँको भनाई छ । चालक बर्दिया बारबर्दिया ८ का ३२ वर्षीय शुक्रराज वि.क गाडी र च्याउ सहित बनगाड कुपण्डिे सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ । 
  ९४०० किलो अवैध सल्लाको आँख्ला वरामद
जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ०१ सल्ली बजार स्थित जाजरकोटबाट नेपालगंज बाँके तर्फ लग्दै गरेको सु.प्र. ०१(००१ ख २४९४ र ना.७ ख  ९१०० नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा कागज पत्र नभएको सल्लाको आख्ला अन्दाजी ९४०० किलो प्रक्राउ गरि आवश्यक कार्बाहीको लागि गाडि,सामान र चालक सहित बनगार कुपिन्डे सव डिभिजन वन कार्यालय अम्रा सल्यानमा पठाएको प्रहरीले जनाएको छ ।
२१ कार्टुन मोर्चा वरामद
 जिल्ला सल्यान वनगाड कुपिण्डे न.पा. १ सल्ली बजार स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डमा सुर्खेत देखी जाजरकोट तर्फ जादै गरेको चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका ९ सुर्खेत  बस्ने बर्ष अ ३६ अमर सिजालीले चलाएको कप्र ० २ ००१ ख ७८२ नं को फोर्स गाडी चेकजाँच गर्ने क्रममा गाडिमा स्याउको काटुन भित्र  लुकाई छिपाई राखेको ६ कार्टुन र अन्य विभिन्न स्थानमा १५ कार्टुन गरी जम्मा २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी मर्चा फेला पारी बरामद गरी राखेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top