होमपेज / अपराध
जेठ २८,सल्यान
सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ बाट दुई जनालाई पक्राउ गरेको हो ।
जेठ २४ गते अन्दाजी राती १० बजेको समयमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका ४ सुनपोखरीका १७ वर्षीय युवक र सोही ठाउँका २१ वर्षीय टोपेन्द्र घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
पीडित बालिका साथीको घरमा गएको समयमा साथीको घरबाट बोलाई जबरजस्ती करणी गरेको आफन्तले जाहेरी दिएपछि दुई जनालाई नियन्त्रणमा लिएको उहाँको भनाई छ । जिल्ला अदालत सल्यानबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ ।