ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाड कुपिण्डे नगरको नीति तथा कार्यक्रम कस्तो छ ?

  इन्द्र बुढाथोकी २०७७ असार १० गते बुधबार २०:५६:१३ मा प्रकाशित

इन्द्र बुढाथोकी १०, असार सल्यान 
रोकौ माहामारी सुधारौ पुर्वधार प्रकृतिमैत्री उत्पादन सचेत नागरिक मार्फत वढाऔ रोजगारी भन्ने मुला नाराका साथ बनगाड कुपिण्डे नगरपालिकाको आ व २०७७०७८ को  नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । 
 आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कार्यन्वयनका लागि वजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान पेश गरिएको छ । 

नीति तथा कार्यक्रममा  ५२ करोड ३८ लाख कुल बजेट बिनियोजन गरिएको छ । कुल विनियोजन मध्य चालू तर्फ २९ करोड ४० लाख ९६ हजार अर्थात ५६ प्रतिशत र पुजिगत तर्फ २२ करोड ९७ लाख ६६ हजार अर्थात ४४ प्रतिशत रहेको उपमेयर मञ्जु यरीले सार्वजनिक गरिन  । आर्थिक वर्ष २०७७र०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट ४५ लाख अर्थात १ प्रतिशत, नेपाल सरकार वितिय समानिकरण र शशर्त अनुदान ३५ करोड ९८ लाख अर्थात ६६ प्रतिशत, राजश्व वाडफाडबाट १० करोड ५९ लाख ६२ हजार अर्थात १९।५ प्रतिशत, विशेष अनुदान १ करोड अर्थात २ प्रतिशत , कर्णाली प्रदेश सरकार राजस्व वाडफाड १० लाख १५ हजार  व्यहोर्ने प्रक्षेपण गरिएको छ ।

 चालु आ.व .मा जम्मा ४९ करोड १५ लाख ८७ हजार रहेको छ र अपुग ३ करोड २२ लाख १३ हजार रकम आ.व को वचत रकम बाट बेहोरिने गरि बजेट प्रस्तुत गरिएको छ ।  साथै कोरोना भाइरस नियन्त्रणका लागि १ करोड , भौतिक पुर्वाधार आलु आव नगरका गौरवका योजनाहरुको लागि ६ करोड ३५ लाख  , नगरका आधारभूत स साना योजना १ करोड, नगरका प्रत्येक वडामा ३ करोड ६० लाख, कृषि प्रणाली सुधार  आर्थिक विकासको मुल आधार ५० लाख साना सिचाइ ४० लाख, पर्यटन क्षेत्रको पहिचान  कुपिण्डे ताल सरक्षण पुर्वाधार विकास समृद्धिको निकास  स्थानिय पुर्वाधार  १ करोड , उज्यालो नगर उर्जा विकास हाम्रो रहरमा १ करोड २४ लाख, सामाजिक विकास शिक्षा गुणस्तर उच्च समाजिक जिवनस्तरम ५० हजार, स्वास्थ्य सेवामा १ करोड, सफा र शुद्ध खानेपानी सरसफाइ गर्ने हाम्रो बानी ४० लाख,  विनियोजन गरिएको छ । 

यस्तै लैगिक समानता र समाजिक समाबेशिकरणमा ६० लाख , बाताबरण तथा विपद व्यवस्थापन वन तथा भु सरक्षण र जलाधार सरक्षण १ करोड, विपद व्यवस्थापन र अन्य कोष स्थापनमा १ करोड , विविध ५० लाख सस्थागत विकास सुशासन तथा सेवा प्रवाह र पदाधिकारी  १० करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top