ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा कोरोना राहत कोषमा सहयोगी हात जुट्दै

  प्रकाश शर्मा २०७७ जेठ २७ गते मंगलबार १३:१३:५२ मा प्रकाशित

प्रकाश शर्मा जेठ २७, सल्यान 
कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण जन जीवन कष्टकर भइरहेको समयमा जिल्लामा पालिकाहरुले स्थापना गरेको कोरोना राहत कोषका सहयोग गर्ने दाताहरुको संख्या बढ्दै गइरहेको छ ।

विभिन्न पालिकाहरुले स्थापना गरेको कोषमा व्यक्ति, संघ संंस्थाहरुले सहयोग गर्दै आइरहेका छन् । 
कोरोना राहत कोषमा मंगलबार दार्मा गाउँपालिका र शारदा नगरपालिकामा सहयोग जम्मा भएको छ । विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । 

दार्मा गाउँपालिका १ ढाँकीबारा निवासी तथा तुलसीपुर उपमहानगरपालिका दांगमा अधिकृत छैटौं पदमा कार्यरत रेशम ओलीले दार्मा गाउँपालिकालाई २१ हजार पाँच सय सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संकटका विरद्ध लड्न यो सहयोगले महत्वपूर्ण सहयोग गर्ने गाउँपालिका अध्यक्ष निम बहादु केसीले बताए । 

यस्तै मंगलबार नै शारदा नगरपालिकामा पनि आर्थिक सहयोग भएको छ ।  लक्ष्मी वित्तिय संस्था लिमिटेड श्रीनगरले १० हजार रुपैया सहयोग गरेको हो । १० हजारको चेक बुझ्दै मेयर सुरेश अधिकारीले संकलन भएको राहत लक्षित वर्गसम्म पुग्ने बताए । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top