होमपेज / अर्थ
इन्द्र बुढाथोकी जेठ २०, सल्यान
पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमालले आफ्नो एक महिनाको तलब कोरोना राहत कोषमा जम्मा गरेका छन ।
आफ्नो तलबको एक महिनाको ४० हजार बराबरको चेक सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि मार्फत राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेका छन् ।
यस अघि पनि ५ दिन बराबरको तलब प्रमुख हमालले जम्मा गरेका थिए ।
सिम्ता गाउँपालिकाका स्थानीय समेत रहेका कार्यालय प्रमुख कोभिड १९ का विरुद्ध रातदिन खटिएका छन् । विपतमा आफुले आर्थिक संकटलाई न्यूनीकरण गर्नको लागि राहत कोषमा सहयोग गरेको प्रमुख हमालले बताए । गाउँपालिका अध्यक्ष केसिले यस्तो विपत्तिको समयमामा सहयोग गरेकोमा कुशल प्रशासकलाई धन्यवाद दिदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।





.jpg)