होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान १७ जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकालाई N95 मास्क १ सय ५० थान सहयोग हस्तान्तरण गरिएको छ । पूर्वाधार विकास कार्यलय सल्यानका प्रमुखको तथा बनगाड कुपिण्डे नगरपालिका ६ भलाखर्क निबासि विनोद पुनले ल्ढछ मास्क १ सय ५० थान सहयोग गरेका हुन ।
नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख गोविन्द कुमार पुनलाइ N95 मास्क हस्तान्तरण गरिएको हो । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने मास्क दिएको प्रमुख पुनले बताए ।
भारतमा रोजगारीको लागि बनगाड कुपिण्डे नगरपालिकामा बासिहरु घर फर्किने क्रम बढदै गएकोले स्वास्थ्यकर्मीहरु, कर्मचारी, जनप्रतिनिधि, लगाएत कोरोनामा खटिनेलाई प्रयोगको लागि मास्क सहयोग गरिएको कार्यालय प्रमुख पुनको भनाई छ । सहयोग गरेको मा नगर प्रमुख पुनले धन्यवाद दिएका छन भने सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । नगरपालिकामा १ हजार बढी नागरिक भित्री सकेका छन भने आउने क्रम बढिरहेको छ ।





.jpg)