ट्रेण्डिङ

होमपेज / अर्थ

सिम्तामा ७ लाख बराबर स्वास्थ्य सामाग्री हस्तान्तरण

  इन्द्र बुढाथोकी २०७७ जेठ १७ गते शनिबार १०:०१:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी  १७ जेष्ठ 
सुर्खेतको सिम्तागाउपालिकामा आज ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 


एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम  हेल्भेटासको आर्थिक सहयोगमा, समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरणमा सिम्ता गाउपालिकालाई ७ लाख २४ हजार ५ सय बराबरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।

 स्याक नेपालका सिम्ता शाखाका कर्मचारी रेशम कुमार योगि र माधव प्रसाद आचार्यले हस्तान्तरण गरेको छन  । हस्तान्तरण गरेका समानहरूमा खुट्टाले थिचेर पानी र साबुन प्रयोग गर्ने हिल टंकी ५ वटा, टुटि सहितको ड्रम ५१६ वटा, पि पि सेट, एन ९५ मास्क  सर्जिकल मास्क कपडाको मास्क, ग्लोप्स, सेनिट्राईजर र साबुन रहेका छन।कोभिड(१९ को महामारी न्यूनीकरण गर्नको लागि सरसफाइका सामाग्री दिएर सिम्ता गाउँपालिकालाई सहयोग गर्ने संस्था स्याक नेपाललाई गाउँपालिका तर्फबाट हार्दिक धन्यवाद दिएका छन ।

अहिले सिम्तामा भारत बाट १ हजार ७ सय नागरिक भित्रीएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top