ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाड कुपिण्डे नगरपालिकामा ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

  इन्द्र बुढाथोकी २०७७ जेठ १३ गते मंगलबार १७:४२:०६ मा प्रकाशित

इन्द्र बुढाथोकी जेष्ठ १३ सल्लीबजार 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई धानको बीउ वितरण गरेको छ ।

बजारमा ७२ रुपैया पर्ने धानको विउलाइ ३६ रुपैयामा बिक्री गरिरहेको कृषि शाखा प्रमुख टीका जैसिले जानकारी दिइन । उनका अनुसार बहुगुणी २ र हर्दिनाथ ३ गरि दुइजातको ४ सय ८० किलो धानको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको प्रमुख जैसिको भनाई छ  ।

अहिले सम्म ३ सय किलो बिक्री भैसकेको र अब बाँकी बिक्री हुन क्रम जारी रहेको समेत बताइन  । किसानको मागलाई मध्य नजर गर्दै धानको विउ ल्याएको र बीउ वितरण बाट धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले किसानलाई अनुदानमा वितरण गरिएको  उनले बताइन । कोरोना भाइरस तथा लकडाउनका कारण आवश्यकता अनुसारको बीउ खरिद गर्न नसकिएको जैशीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top