ट्रेण्डिङ

होमपेज / अर्थ

कुमाखका बैंक तथा बित्तीय सस्थाहरुले दुई दिनको फरकमा सेवा प्रबाह गर्दै

  संजिब शर्मा २०७७ जेठ ६ गते मंगलबार १३:३६:५४ मा प्रकाशित

संजीव शर्मा, जेठ ६ सल्यान 
कोरोना भाइरस सङ्क्रमितको संख्या दिनहुँ बढ्दै गएपछी सल्यानको कुमाख गाउँपालिकामा पनि लकडाउलाई थप कडाइ गरिएको छ । लकडाउनको समयमा पनि यहाँ संचालित बैंक तथा बित्तीय सस्थाहरुले हप्ताको चार दिन अर्थात दुई दिनको फरकमा सेवा गर्दै आइरहेका छ्न । कुमाख गाउँपालिकामा संचालित हिमालयन बैंक शाखा कार्यालय रागेचौरले लकडाउन भएदेखि हप्ताको दुई दिन आइतबार र बुधबार  १० बजेदेखी दिउँसो १ बजेसम्म सेवा दिदै आइरहेको छ । 


लकडाउन भएदेखि कुमाख शाखामा पैसा जम्मा गर्न आउने भन्दा पैसा लिने मान्छेहरुको दैनिक ४० देखि ५० जनासम्म आउने गरेको र प्रत्येक ब्यत्तिले एक लाख देखि डेढ लाख सम्मका चेक ल्याउने गरेका छन ।  तर हिमालयन बैंक कुमाख शाखामा पैसा सटेजका कारण लकडाउनमा समयमा  पैसा ल्याउने बतावरण नभएको भन्दै शाखामा पैसा कम भएकाले पहिले पहिले प्रत्येक ब्यत्तिलाई ३० देखि ४० हजारसम्म दिने गरेको र हिजो आज बाट प्रत्येक ब्यत्तिलाई १० देखि १५ हजार सम्म दिने गरेको हिमालयन  बैंक कुमाख शाखाका ब्रान्च म्यानेजर प्रकाश  सुबेदीले बताए ।

उनका अनुसार  भोलिदेखी कुपन सिस्टम लागू गरेर सेवा प्रबाह गरिने छ । उनले भने एक पटकमा दुई जनालाई कार्यालय भित्र प्रबेश गराईन्छ प्रबेश गराउनु पुर्ब कार्यालय बाहिर साबन पानी राखेका छौं त्यहाँ हात धुएर माक्स अनिबार्य लगाएर र सेनि टाइजरको प्रयोग गरेर मात्र सेवा लिन भनेका छौं र हामी तीन जना कर्मचारी छौँ र तिनै जना कार्यालयमा उपस्थित भएर उच्च सजगताका साथ काम गरिरहेको बताए ।


 त्यस्तै कुमाखमा संचालित कुमाख साना किसान तथा सहकारी सस्था लिमिटेडले लकडाउको अबस्थामामा पनि हप्ताको २ दिन कार्यालयमा आएर उच्च सजगताका साथ काम गरिरहेको कर्मचारी राधिका रावतले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top