ट्रेण्डिङ

होमपेज / अर्थ

कोरोना राहत कोषमा दाताहरुको सहयोग जुट्दै

  प्रकाश शर्मा २०७७ बैशाख ३१ गते बुधबार १९:५९:५३ मा प्रकाशित

प्रकाश शर्मा वैशाख ३१,सल्यान 
             विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का विरुद्ध लडन स्थानीय पालिकाहरुले स्थापना गरेका कोरोना राहत कोषमा विभिन्न दाताहरुबाट सहयोग हुदै आइरहेको छ । विभिन्न पालिकाहरुमा सहयोग भइरहेको समयमा दार्मा गाउँपालिकामा महिला सहयात्रा नामक वित्तिय सहकारी संस्थाले सहयोग गरेको छ ।

महिला सहयात्रा र उक्त वित्तिय संस्थाका प्रवन्धक बमकृष्ण वलीले गाउँपालिकालाई १५ हजार सहयोग गरेका छन् । विपद् घडिमा सबै मिलेर सामना गर्नुको विकल्प नभएको भन्दै सानो आकारको भएपनि सहयोग गरिएको वलीको भनाई रहेको छ । 


सहयोग क्रम बुझ्दै  दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले कोरोना विरुद्धको सहयात्रामा सहभागि भएकोमा धन्यवाद दिए । 
विभिन्न दाताहरुबाट संकलन भएको राहत वास्तविक पिडितसम्म पुग्नेमा विश्वास दिलाए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top