होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान ३० बैशाख
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोना विषेश विपद् राहत कोषमा सहयोग प्राप्त हुने क्रम चलिरहेको छ ।
आज (मंगलबार) दलित सेवा संघ सल्यानका कार्यक्रम संयोजक यज्ञ कुमार विकले १० हजार, महिला सहयात्रा लघुबित वितिय सस्था लि. सल्लीबजार शाखाका फिल्ड सहायक नर बहादुर विस्टले १५ हजार र चेतना उद्दमी सामाजिक सहकारी संस्थाले ७ हजार २५ रुपैया आर्थिक सहयोग गरेका छन् । कोभिड १९ विरुद्ध नगरपालिकासँग सहकार्य गरेर अघि वढ्ने उद्धेश्यका साथ सस्थाहरुले उक्त रकम हस्तान्तरण गरेको हो ।
बनगाड कुपिण्डे नगरपालिका सेवा क्षेत्र बनाएर काम गरेका विभिन्न संघ सस्थाले नगरपालिका कोरोना राहत कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ । आज विभिन्न सस्थाका प्रतिनिधिहरुले नगर प्रमुख गोविन्द कुमार पुन, नगर उपप्रमुख मञ्जु यरीलाइ चेक हस्तान्तरण गर्नु भएको छ । विश्वभरी नै महामारी फैलिएको कोरोना रोग विरुद्ध सबै जुट्नका लागि सहयोग रकम प्रदान गरिएको दलित सेवा संघ सल्यान कार्यक्रम सयोजक यज्ञ कुमार विकले बताए ।
विपद् व्यवस्थापन राहत कोषको लागि चेक बुझ्दै नगर प्रमुख पुनले राहत सहयोग गरेकोमा धन्यवाद दिए। साथै यस्तो महामारीमा नगरपालिकालाई सहयोग गर्ने सबैमा आग्रह गरेका छन् ।





.jpg)