ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिकाका १ हजार ९ नौस २७ घरपरिवारलाई सुपथ मुल्यमा खाद्यन्न वितरण

  प्रकाश शर्मा २०७७ बैशाख २८ गते आइतबार १३:५२:५८ मा प्रकाशित

प्रकाश शर्मा वैशाख २८,सल्यान 
सल्यानको दार्मा गाउँपालिका सल्यानले १ हजार ९ सय २७ घरपरिवारलाई सपथ मुल्यमा खादन्न विक्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण जीविकोपार्जनबाट प्रभावित समुदायलाई लक्षित गरी गाउँपालिकाले सहकारी मार्फत सुपथ पसलहरु सञ्चालन गरेको छ । 


सुपथ मुल्य सञ्चालन गरी हालसम्म ७ सय ३२ क्विन्टल चामल लगायतको खाद्य सामान विक्री वितरण भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादु केसीले बताए ।
 सुपथ मुल्य पसलबाट गरिब, विपन्न समुदाय  प्रत्यक्ष लाभान्वित भएको उनको भनाई छ । हालसम्म ७ सय ३२ क्विन्टल चामल, २० क्विन्टल बढी नुन, दुई हजार ५० लिटर तेल सुपथ मुल्यमा विक्री भएको केसीले बताए । 


 समुदायस्तरबाट सहमति भई वडाबाट आए सिफारिस भएका ३७ घरधुरी अति विपन्न परिवारलार्य गाउँपालिकाले निःशुलक राहत प्रदान गरेको समेत उनले बताए । उनले भने ‘निवेदन दिएका ४ सय ८४ घर परिवारलाई समुदायको सर्वसम्पत सहमति र वडाको सिफारिस आए संगै वितरण गर्ने व्यवस्था गरिएको छ । जसका लागि १६ टन चामल लगायतको खाद्य सामाग्री मौज्दात गरेको छ ।’


दार्मा गाउँपालिकामा ३ हजार ६ सय ३९ घरधुरी रहेको छ भने २० हजार १ सय १६२ जनसख्ंया रहेको छ । 
गाउँपालिकाले सहकारीलाई ढुवानी खर्चमा एकमुष्ठ अनुदानको व्यवस्था गरेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top