होमपेज / अर्थ
प्रकाश शर्मा वैशाख १७, सल्यान
सल्यानको दार्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगी वितरण गरेको छ ।
लकडाउनका कारण लक्षित समुदाय वंैकसम्म जान नसक्ने भएकाले गाउँपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
नगरपालिका ले ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका १ हजार ६ सय २७ जनालाई घरमै पुगेर भत्ता वितरण गरिएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख अमृत खड्काले बताए । उनका अनुसार गाउँपालिकामा २ हजार २ सय १ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका रहेका छन् । वाँकी ४ सय २७ जनालाई छिट्ट वितरण गरिने उनको भनाई छ ।
जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको खड्रकाले बताए । अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकको समेत रहेको गाउँपालिकाले जनाएको छ ।





.jpg)