होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान १५ बैशाख
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले राहत वितरण तिव्रता दिइरहेको छ । बैशाख ६ गते देखि १ न वडा बाट राहत वितरण गर्न सुरु गरेको नगरपालिकाले अहिले सम्म वडा न ९ सम्म वितरण सम्पन्न गरेको छ ।
बाँकी ३ वटा वडामा पनि अब छिटै वितरण गर्ने नगरपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमण रोक्न देश लकडाउन भएपछि दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।
असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भई रहेको उनले बताए । वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उनको भनाई छ ।
बनगाड कुपिण्डे नगरपालिका १ न वडाका १२६ घरधुरी, २ न वडाका ३७ घर, ३ न वडाका २५ घर, ४ न वडाका ७९ घर, ५ न वडा ८१ घर, ६ न वडाका ३० घर, ७ न वडाका ६१ घर, ८ न वडाका ७० घर र ९ न वडाका ५१ घरलाई गरि जम्मा ५६० घरधुरीलाई २५ किलो माला चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन , २ पोका नुन राहत वितरण गरिएको नगर उप प्रमुख मन्जु यरिले बताइन ।
दैनिक ज्यालादारी , मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेको उनले बताइन । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरेको उनको दावी छ ।
त्यस्तै बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा ७ सय ५३ घरधुरीलाइ राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।





.jpg)