ट्रेण्डिङ

होमपेज / अर्थ

कुमाख गाउँपालिकाद्धारा राहत वितरण

  संजिब शर्मा २०७७ बैशाख ९ गते मंगलबार १८:१७:०३ मा प्रकाशित

सञ्जिव शर्मा वैशाख ९, सल्यान 
कुमाख  गाउँपालिकाले  विपन्न परिवारलाई राहत वितरण गरेको छ । मंगलबार  एक सय आठ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको सम्बन्धीत वडा कार्यालयले पहिचान गरेका पिडितलाई राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन   । खाद्यान्न लगाएतका सामग्री मगंलबार वडा नम्बर ७ र ६ का  विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । ७ नम्बर वडामा ४९ र ६ नम्बर वडामा ५९ घर परिवारलाई २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी दाल प्रति परिवारका दरले वितरण गरिएको छ ।


राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्को ब्यक्ति विचको दुरी कायम गरि राहत वितरण गरिएको वडा न ६ का वडाध्यक्ष विरबल शर्माले बताए ।  । जनस्तरमै आएर परामर्श संगै खाद्यान्न सामग्री पाएपछि विपन्न परिवारहरु खुसि भएको उनको भनाई छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top