ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाड कुपिण्डे नगरपालिकामा राहत वितरण सुरु

  इन्द्र बुढाथोकी २०७७ बैशाख ६ गते शनिबार १७:४४:३७ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ६ बैशाख ।  
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले पनि आज देखि राहत वितरण गर्न सुरु गरेको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गर्न सुरु गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले बताएका  ।  


असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भई रहेको बताए । वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उनको भनाई छ । 
            बनगाड कुपिण्डे नगरपालिका वडा न १ देखि सुरु गरेको राहत वितरण कार्यक्रम सबै वडाको टोलटोलमा गएत वितरण गरिने नगर प्रमुख गोविन्द कुमार पुनको भनाई छ ।

आज बनगाड कुपिण्डे नगरपालिका वडा न १ का ७३ घरधुरीलाई २५ किलो माला चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन , २ पोका नुन , प्रभाकर माबी देवस्थला राहत वितरण गरिएको छ ।  दैनिक ज्यालादारी , मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेका छन् । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरेका छन ।


 त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा ७ सय ५३ जनालाइ राहत सहयोग उपलब्ध गराइने  नगरपालिका निमित्त प्रमुख  प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए।
राहत वितरण कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, १ न वडा अध्यक्ष शान्त कुमार यरि,  नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश सदस्य गणेश विसि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top