ट्रेण्डिङ

होमपेज / अर्थ

कोरोना विपद् कोषमा निर्माण व्यवसायी ठकुरीद्धारा १ लाख सहयोग

  इन्द्र बुढाथोकी २०७७ बैशाख ४ गते बिहीबार १३:४०:१३ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ४ बैशाख 
सुर्खेतको  सिम्तागाउपालिकामा १ लाखको कोरोना विपद कोषमा रकम जम्मा भएको छ ।

सिम्ता गाउपालिका ४ नाडा निवासी जाल्पादेवी निर्माण व्यवसायी सेवाका प्रोपाइटर विरेन्द्र सिह ठकुरीलेले सिम्ता गाउँपालिकाको राहत कोषमा जम्मा हुने गरि १ लाखको लक्ष्मी बैकको चेक सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि लाई हस्तान्तरण गरेका छन् ।  
नेपाल कम्युनिस्ट पार्टी नेकपा सिम्ता गाउँ कमिटी सदस्य समेत रहेका ठकुरीले सिम्ता गाउँपालिकामा राहत जम्मा गर्ने पहिलो दाता बनेका छन्  ।

कोरोना भाइरसले विश्व नै त्रसित बनाइरहेको बेला रोक, भोक र प्यासले नागरिकलाई हैरानी बनाएकोले त्यसबाट सिम्ताका जनतालाई बचाउनको लागि सहयोग गरेको व्यवसायी विरेन्द्र सिह ठकुरीले बताउनु भएको छ । एक थुकी सुकि सय थुकी नदि भने जस्तै आफुले राहत कोषमा सहयोग गरेको ठकुरीको भनाई छ ।   गाउँपालिकाले कोरोना राहतकोषमा यसअधघ नै १ करोडको राहत कोष खडा गरेको छ ।


चेक हस्तान्तरण कार्यक्रम गाउपालिका अध्यक्ष  केसिले यस्तो विपद्को घडीमा सबै तह र तप्काका नागरिक, संघ संस्थालाई सहकार्य गरी अघि बढ्न चाहेको बताए  । यो विपद्को बेलामा सबैको सहयोगले मात्रै अघि बढ्न सकिने र कोरोना प्रास्तको लागि सिम्ताको युनिट एक्सन टिमलाई झन चलाएमान बनाउन आग्रह गरे । 


त्यसैगरी प्रदेश सभा सदस्य ठम्मर बिष्ट, स्याक नेपाल, लगायतकाले कोरोना रोकथाम विरुद्धको सामग्री दिएर सहयोग पुरयाएको  अध्यक्ष केसि बताउनु भएको छ  । सहयोगको राहत जुट्ने क्रम वढिरहेको र सुरुवातमा गाउँपालिकाबाट कोष खडा भएको वताइएको छ । एक पछि अर्कोले कोरोना विरुद्ध सहयोग  जुटने क्रम वढिरहेको बताउनु भएको छ  । कोरोना रोकथामका लागि सिम्ताका सिमा नाकामा कडाइ समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top