होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान ३ बैशाख ।
बनगाड कुपिण्डे नगरपालिका सल्यानले कोरोना भाइरस रोकथामका लागि हालसम्म भएका प्रयास तथा उपलब्धिबारे समीक्षा गरेको छ । नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको कार्यापालिका बैठकले हालसम्म भएका कामको समीक्षा गरेको हो ।
बैठ्कले ५० लाखकोकोरोना राहत कोष स्थापना गरेको छ । नगरपालिकाले विश्वभर महामारीका रुपमा फैलिएको सङ्क्रमणलाई रोक्न राहत सहयोग गर्न सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई आह्वान समेत गरेको छ ।
कार्यापालिका बैठकले दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको तथ्याङ्क सङ्कलन गरेको र यथाशिघ्र खाद्यान्न तथा राहत वितरण गर्ने निर्णय गरेको छ । राहत वितरण अन्तर्गत जागिर,, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु रहेका छन् । त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा ७ सय ५३ जनालाइ राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।
बैठकले तत्काललै सामाजिक सुरक्षा भता घरघरमा गएर वितरण गर्ने निर्णय गरेको ४ न वडा अध्यक्ष मोमत रोकाले बताए । कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गएको र त्यसको असर समाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई पनि पर्ने भएकोले घरघरमा गएर भत्ता वितरण गरिने वडा अध्यक्ष रोकाले बताए ।





.jpg)