होमपेज / अर्थ
रेक्टम क्यान्सरबाट पीडित सल्यानका २६ वर्षीय प्रशाान्त बस्नेतको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन्। बनगाड कुपिन्डे नगरपालिका– १, खहरेखोलाका बस्नेतको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेका हुन् ।
प्रशाान्तको विगत दुई वर्षदेखि नेपाल क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । अहिलेसम्म १० लाखभन्दा बढी रकम खर्च भइसकेको र बाँकी उपचार गर्न अझै पैसा लाग्ने भएकाले बस्नेतको जीवनरक्षाका लागि सहयोग गरिदिन दाजु वीरबहादुर बस्नेतले आग्रह गरे।
सहयोग गर्ने चाहने सहयोगी मनहरूले सहयोग गरे । एउटा किमोको मूल्य नै ६० हजार बढी लाग्ने र किमोसँगै अप्रेसन पनि गर्नुपर्ने भएकाले घरको सम्पूर्ण सम्पत्तिले पनि नपुगेपछि बाध्य भएर सबैसँग सहयोगको याचना गर्नुपरेको दाजु बस्नेतको भनाइ छ ।
सहयोग गर्न चाहनेले प्रशान्त बस्नेतको सिद्धार्थ बैंकमा खाता रहेको खाता नं. ०१३१५५७४४५० जम्मा गरिदिन परिवारले आग्रह गरेका छन् ।





.jpg)