ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाडका विभिन्न बजार अनुमगन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

  इन्द्र बुढाथोकी २०८३ जेठ ११ गते सोमबार २१:४१:०२ मा प्रकाशित

जेठ ११,सल्यान 
वनगाड कुपिण्डे नगरपालिका अन्तर्गत सल्लिबजार तथा देवस्थल बजारमा अनुगमन गरिएको छ । व्यवसाय दर्ता तथा नविकरण‚ बजारमा विक्री हुने बस्तु तथा सेवाको गुणस्तरको लागि विभिन्न बजार अनुगमन गरिएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । 

अनुगमनबाट दर्ता तथा नविकरण नगरी व्यवसाय गर्ने व्यवसायीलाई सात दिन भित्र दर्ता तथा नविकरण गर्न निर्देशन दिइएको सूचना अधिकारी प्रमोद न्यौपानेले जानकारी दिनु भयो । साथै बजारबाट विक्री वितरणका लागि राखिएका  म्याद गुज्रिएका खाद्य पदार्थ‚ पेय पदार्थ र मदिरा र वियर बरामत गरी नष्ट गरिएको उहाँको भनाई छ ।

अनुगमनमा वियर नेपाल आईस) २ कार्टुन (ठूलो) र २ कार्टुन (सानो) ,क्याम्पाकोला ७ पेटी,डाईमण्डको बोतलमा अबैध घरेलु रक्सी १५ थान, ललिपप चक्लेट १ डिब्बा
,सिजल्याण्ड १ डिब्बा,विष्कुट १ पोका, विभिन्न मसलाजन्य बस्तु १ दर्जन, म्याङ्गो सलाईस २ पेटी, खाने तेल १ पेटी,, चाउचाउ ५ पेटी, चिप्स १२ पेटी, जेनिथ सिड्स  ३ पिप, चुकुन्दर ग्रिन गो सिड्स १ पिस, इन्ड्याक्ट प्लस ८ पिस,सुजि – १०० प्याकेट बरामद गरि नष्ट गरिएको छ । 
यस्तै काला हिट – १० पिस,। चुईगम – ६ डिब्बा, भुजा – ४० पोका, चिउरा – २५ पोका, मेडिकल सामाग्री १०० पिस,, एग्रोभेट जन्य औषधी र विषादी – १ कार्टुन, मरिर चपाउडर – २ डिब्बा नष्ट गरिएको उहाँको भनाई छ । 

 अनुगमनमा  वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकी‚ उपप्रमुख पुरुषोत्तम आचार्य‚ प्रमुख प्रशासकीय अधिकृत  गोकर्ण पन्थी‚ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रतिनिधि‚ उद्योग वाणिज्य संघ सल्यानका प्रतिनिधि‚ नगरपालिकाका कर्मचारी‚ सुरक्षाकर्मी‚ बजार व्यवस्थापन समितिका प्रतिनिधि‚ पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top