ट्रेण्डिङ

होमपेज / अर्थ

सार्वजनिक सूचना पार्टीमा राखिएको नामावलीमा दावी विरोध पछि मात्र राहत पाइने

सहकारी मार्फत सुपथ पसल खोलिने

  प्रकाश शर्मा २०७६ चैत्र २७ गते बिहीबार १४:२५:४३ मा प्रकाशित

प्रकाश शर्मा चैत २७, सल्यान 
कोरोना भाइरसको संक्रमणका कारण अहिले राहत वितरण गर्ने होडबाजी नै चलेको छ ।

विपन्नको नामका धनी भनिएकाहरुले पनि राहत पाईरहेको खबर आइरहेका छन् ।  यहि समयमा जिल्लाको दार्मा गाउँपालिकाले भने राहत पाउनेहरुको नाम सूचना पार्टीमा राखी दावी विरोध पश्चात मात्र वितरण गर्ने भएको छ । गाउँपालिकाले निर्धारण गरेको मापदण्डका आधारमा वडाले संकलन गरेका व्यक्तिहरुको नामावली सूचना पार्टीमा राखी दावि विरोध पछि मात्र वितरण गर्ने निर्णय गरेको छ । 


वास्तविक गरिब, विपन्न, एकल महिला राहत पाउनबाट नछुटुन र हुनेखानेले राहत नपाउन भनेर सूचना पार्टी नामावली प्रकाशन गरेपछि मात्र राहत वितरण गरिने दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताए । 
मापदण्डका आधारमा छनौट भएका राहत पाउने सूचीमा परे

का व्यक्तिको नाम वडा कार्यालय तथा गाउँपालिकाको सूचना पार्टीमा र वेवसाइटमा दावी विरोधका लागी तनि दिनको समय दिएर सार्वजनिक गर्ने र ३ दिन पछि गाउँपालिकाले अन्तिम नामावली प्रकाशन गरेर वडा कार्यालय मार्फत राहत वितरण गरिने उनकको भनाई छ । उनले भने यसो गर्दा वास्तविक पिडित राहत पाउनबाट छुट्ने छैन भने नपाउने मानिस दावी विरोधबाट हटने छ । 


यसतै मापदण्ड अनुसार छनौटमा नपरेका सबै समुदायलाई राहत पुग्ने गरी सहकारी मार्फत खाद्य डिपो सञ्चालन गर्ने र सुपथ मुल्यका पसल  राख्ने निर्णय गरेको छ । सुपथ पसल सञ्चालनका लागि गाउँपालिकाले ढुवानीमा अनुदान दिने अध्यक्ष केसीको भनाई छ । कालो बजारी र कृत्रिम अभावलाई रोक्न सबै खाद्यन्न पसलहरुमा अनिवार्य मूल्यसूची राख्नु पर्ने, तथा सो सूचि खरिद मुल्य, ढुवानी र ऐन नियम अनुसार व्यापारीले लिन पाउने मुनाफाको आधारमा गाउँपालिकाले निर्धाारण गरे अनुसारको हुने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top