ट्रेण्डिङ

होमपेज / अर्थ

लिजामा त्रिवेणी गाउँपालिका सल्यानकै पहिलो र कर्णालीको दोस्रो

  इन्द्र बुढाथोकी २०८२ भाद्र ७ गते शनिबार ११:२०:०५ मा प्रकाशित

भदौ ७,सल्यान 
स्थानीय तह संस्थागत क्षामता स्वमूल्याकंन (लिजा) को नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लाकै प्रथम र कर्णाली प्रदेशमा दोस्रो बन्न सफल भएको छ । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा लिजा गुणस्तर परीक्षणमा त्रिवेणी गाउँपालिका जिल्लाकै पहिलो बन्न सफल भएको हो । 

प्रथम भएको त्रिवेणी गाउँपालिकाले ८५अंक प्राप्त गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले ८२ दशमलव ७५ अंक ल्याएर दोस्रो भएको छ । दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाले समान ७९ दशमलव ७५ अंक प्राप्त गरेका छन् । यस्तै बागचौर नगरपालिकाले ६४ दशमलव ७५, शारदा नगरपालिकाले ७८ दशमलव ५०, सिद्ध कुमाख गाउँपालिकाले ७१ दशमलव  २५, कालिमाटी गाउँपालिकाले ७९ दशमलव ५०, कुमाख गाउँपालिकाले ६१ र छत्रेश्वरी गाउँपालिकाले ७८ अंक प्राप्त गरेका छन् । 

कर्णाली प्रदेशमा प्रथम भएको दैलेखको नाराष्ण नगरपालिकाले ८८ अंक प्राप्त गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८४ अंक प्राप्त गरेर तेस्रो भएको छ । 
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक प्रशासन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशिकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शिर्षकमा स्थानीय तहको स्वमूल्यांकन हुने गर्दछ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top