होमपेज / अर्थ
असार २६,सल्यान
डिभिजन वन कार्यालय सल्यानले आर्थिक वर्ष २०८१/०८२ मा ८४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ८ करोड ३६ लाख ९० हजार रुपैयाँको अख्तियारी पाएको थियो । त्यसमध्ये चालु तर्फ ५ करोड ६१ लाख ७९ हजार मध्ये ४ करोड ६५ लाख ५३ हजार अर्थात ८२ दशमलव ८७ प्रतिशत र पुजिगत तर्फ २ करोड ७५ लाख ११ हजार रुपैयाँमा २ करोड ४४ लाख ७९ हजार अर्थात ८८ दशमलव ९८ प्रतिशत खर्च गरेको छ ।
बिहिबार सल्यान खलंगामा जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक तथा पुरस्कार वितरण कार्यक्रममा कार्यलयले चालु आ.वमा ८४ दशमलव ८८प्रतिशत बजेट खर्च गरेको सार्वजनिक गरेको हो ।
कार्यालयले चालु आ.व मा जिल्लाका १० वटै पालिकाहरुमा सामुदायि वन उपभोक्ता समूहलाई स्थायी लेखा न लिन सहजीकरण, अतिक्रमित एक हेक्टर क्षेत्रफल जमिनमा कृषि बाली लगाइएको, अतिक्रमण हटाएको ,शारदा नगरपालिका १५ मा लिकढिक भनी हस्तक्षेप गरिएको ६ रोपनी जग्गा संरक्षण गरिएको, छत्रेश्वरी गाउँपालिका २ मा करिब १७ रोपनी अतिक्रमण हटाइएको, ४२४ सामुदायिक वन समूहले स्थायी लेखा न प्राप्तीका लागि सिफारिस गरिएको जनाइएको छ ।
सल्यानमा राष्ट्रिय वन ५९ हजार ७ सय ८१ दशमलव १० हेक्टर, ६३० सामुदायिक वन ६४ हजार ३ सय ७७ दशमलव ९९ २०३ कवुलियति वन १ हजार ९८ दशमलव ९० , २ धार्मिक वन ४ दशालव ४ र ५१ निजी वन १४ दशमलव ९८ हेक्टर क्षेत्रफल ओगटेको छ ।





.jpg)