ट्रेण्डिङ

होमपेज / अर्थ

लक्ष्मी सनराइज बैंक सल्यानद्धारा छात्रवृति वितरण

  इन्द्र बुढाथोकी २०८१ फाल्गुण २ गते शुक्रबार १३:५८:१२ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन २,सल्यान 
लक्ष्मी सनराइज बैंक शाखा सल्लीबजारले छात्रवृत्ति वितरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत  विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितवरण गरेको हो ।    त्रिभुवन जनता मावि च्युरामा कक्षा ९ प्राविधिक धारमा अध्ययनरत छात्रा रितु विष्टलाई बैंकको तर्फबाट १५ हजार रुपैयाँको छात्रवृत्ति चेक प्रदान गरिएको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक मनोज कुमार वस्नेत, निर्मल महर, भुवन केसी तथा विद्यालयका प्रधानाध्यापक बिरेन्द्र शाही, शिक्षक स्टाफ, विद्यार्थीहरूको उपस्थितिमा उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको हो।
यस्तै लक्ष्मी  सनराइज बैंक  ढोरचौर   शाखा   द्वारा  श्री निराजन मा बि ढोरचौर कक्षा  ७ मा अध्यनरत   छात्रा  बिपना  बुढाथोकी  लाई रु  १५००० पन्ध्र  हजार  उत्कृष्ट  जेहेन्दार  छात्रवृत्ति  प्रदान  गरेको छ । 

लक्ष्मी सनराइज बैंकले हरेक वर्ष छात्रवृत्ति वितरणसँगै वृक्षरोपण, स्वास्थ्य सेवाका कार्यक्रम लगायत समाजिक उत्तरदायित्वका विभिन्न कार्य गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top