ट्रेण्डिङ

होमपेज / अर्थ

खोले साग बेचेर  आम्दानी गर्दै सल्यानका किसान 

  इन्द्र बुढाथोकी २०८१ फाल्गुण १ गते बिहीबार १८:२१:४६ मा प्रकाशित

इन्द्रबहादुर बुढाथोकी फागुन १,सल्यान  
खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला । 
सल्यान बनगाड कुपिण्डे नगरपालिका ७ ढोरपिपलमा खोले साग बेचेर ५० हजार सम्म आम्दानी गर्दै आएका छन । वर्षाको समयमा धान लगाउने र हिउदको समय खोले साग बेचेर ५० हजार आम्दानी हुने गरेको  ३१ वर्षीय बसन्ती बुढाले बताउनु भयो । 

गहुँ लगाउँदा धौधौ २ हजार सम्मका हुन्छन् । पानी भएर गहुँ नै फल्दैन तर साग लगाएर बेच्दा ५० हजार सम्म आम्दानी हुने  गरेको छ उहाको भन्नु भयो । स्थानीय सल्लीबजार, बालुवा संग्रही, रैकर ढोरपिपल लगायतका बजारमा सहजै साग बिक्री हुने गरेको बुढाले बताउनु भयो । ।  गोडमेल देखि प्रगारिक मल हाल्नु पर्छ धेरैले युरिया हालेको भनेर आरोप लगाउने गर्नुहुन्छ । चिस्यान भएको ठाउँमा गहुँ भन्दा साग राम्रो हुने उहाँको भनाइ रहेको छ ।
खोले साग बिक्रीबाट दैनिक घर खर्च चल्ने  गरेको र श्रीमानको कमाइ बचत हुने समेत बुढाले बताउनु भयो । 

यो वर्ष ४० हजार सम्म आम्दानी हुन्छ होला  शान्ता थापाले बताउनु भयो  । उहाँले भन्नु भयो आकाश बाट पानी नपर्दा गत वर्षको जस्तो आम्दानी नभएको गत वर्ष मात्र ५० देखि ६० हजार आम्दानी हुने गरेकोमा पानी नपर्दा यो वर्ष खासै आम्दानी नभएको उहाँको भनाइ रहेको छ । मङ्सिर देखि बैशाख जेष्ठ सम्म बिक्री हुन्छ । 
प्रती किलो ३० रुपैया सम्मले बिक्री गर्ने गरेको उहाले बताउनु भएको छ । गहुँ लगाएमा २ देखि ३ हजार सम्म हुने कुनै ठाउँमा चिस्यान भइराख्ने भएकोले खासै उत्पादन हुदैन त्यही भएर आफुले ४ वटा गरामा खोले साग लगाएको बताउनु भयो  । प्राङ्गारीक मल प्रयोग गरेर साग नियमित उत्पादन गर्ने गरेको उहाँहरुले बताउनु भएको छ । घरको दैनिकी खर्च चल्ने समेत बताउनु भएको छ । 

यस क्षेत्रमा खोले साग राम्रो उत्पादन भए पनि बजार नहुदा बिक्री वितरणमा समस्या हुने गरेको किसानको भनाइृ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top