होमपेज / अर्थ
सल्यान, २ माघ ।
सल्यानको दार्मा गाउँपालिकाको १६औँ गाउँ सभा सम्पन्न भएको छ । केही बजेट तथा योजना संशोधन र बजेट तथा कार्यक्रमको समीक्षा सहित महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रुपमा पारित गर्दै बुधवार गाउँ सभा सम्पन्न भएको हो ।
१६औँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार गाउँपालिकाको चालू आर्थिक वर्षमा ३९करोड ६० लाख ६४हजार ३३८ रुपैयाँ अनुमानित आय रहेकोमा हलालसम्म १७ करोड ५४ लाख ८५हजार २५६रुपैयाँ मात्र आम्दानी भएको छ अर्थात् ४४.०३प्रतिशत मात्र आम्दानी भएको छ ।
चालू आव मा रु ३९ करोड ६० लाख ६४ हजार ३३६ नै व्यय अनुमान गरिएको मा चालू आ व को पहिलो अर्धवार्षिक अवधिमा रु १२ करोड ८० लाख ७९ हजार ३६७ अर्थात् कुल जेट को ३२.३३ प्रतिशत बजेट खर्च भयको छ ।
भने पुजिगत तर्फ करोड १३ .२ प्रतिशत र चालू तर्फ ३९.५९ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना कार्यक्रमका सन्दर्भमा समीक्षा र छलफल गर्दै विभिन्न निर्णयहरू सर्वसम्मत रुपमा पारित गरेको गाउँ सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रेसम वली जानकारी दिए । सो अवसरमा गाउँ सभाका अध्यक्ष निम बहादुर बहादुर के सी गाउँपालिकाका योजना र कार्यक्रम कार्यान्वयनका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले हाल सम्म सबै गाउँ सभाका सदस्यहरूको एकताबद्ध साथ र हातेमालोमा हरेक निर्णयहरू हुँदै आएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरे ।
सभामा गाउँ सभा उपाध्यक्ष जुना मल्ल चन्दले ९५ लाख ९२ हजार संशोधित बजेट प्रस्ताव पेस गरेकी थिइन् । गाउँ सभामा दार्मा गाउँपालिकाका कार्यपालिका सदस्य धनिराम नेपाली सभा सदस्य तेजि कामी जय बहादुर खड्का लगायतले आफ्नो भनाई प्रस्तुत गरेका थिए । स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले चालु वर्षमा बाँकी बजेटको प्रभावकारी उपयोग गरी विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । गाउँ सभा सदस्य देव बहादुर रोकाय लगायतले गाउँ सभा बैठकमा प्रस्तुत एजेन्डाहरूमाथि छलफलमा भाग लिँदै आवश्यक सुझावहरू प्रदान गरेका थिए ।