होमपेज / अर्थ
इन्द्र बुढाथोकी चैत २१, सल्यान
सल्यानका व्यवसायिक तरकारी खेती गर्दै आइरहेका किसान लकडाउनका कारण समस्यामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि किसानको तरकारी बारी मै थन्किन थालेको छ । दुई साता लामो लकडाउनका कारण व्यवसायिक तरकारी खेती गर्ने किसान मारमा परेका छ् ।
लकडाउनका कारण बनगाड कुपिण्डे नगरपालिका वडा न ६ आपखोलीका टोप बहादुर बुढाक्षेत्रीको तरकारी बारीमै छ । एक सातायता उनले न तरकारी टिप्न पाएका छैन्, न टिपेको बेच्न नै । बुढाक्षेत्री मात्र होइन, आपखोली सहित बनगाड कुपिण्डे नगरपालिका–४,६ र ११ नम्बर वडाका किसानको दैनिकी पनि फेरिएको छ । तरकारी बिक्री गरेर दैनिकी चलाउने कृषक परिवार लकडाउनका कारण समस्यामा परेका छन् । अधिकांशको तरकारी बारीमै थन्किएको छ ।
बारीको तरकारी क्रमशस् खानका लागि अयोग्य बन्दै गएकको बुढाक्षेत्री गुनासो छ । ‘गाउँमा तरकारी बिक्री हुँदैन, बजारका तरकारी पसल सबै बन्द छन्,’ उनले भने, ‘तयार भइसकेको तरकारी टिप्न नपाउँदा बारीमै बिग्रिरहेको छ ।’ बनगाड कुपिण्डे नगरपालिका ६ आपखोलीका अधिकांश किसानको आम्दानीको स्रोत नै ताजा तरकारी हो । अहिले किसानको बारीमा फर्सी, काउली, बन्दा, केराउ, लौका,काक्रो, सिमि, स्कोस लगायत ताजा तरकारी छ ।
बनगाड कुपिण्डे नगरपालिका ४ का देव बहादुर रानाले पनि ४ रोपनी खेतमा लगाएको केराउ, बन्दा लगाएत तरकारी बजारमा बिक्री नहुदा समस्या भएको बताएका छन । तरकारी बिक्री हुने मुख्य बजार सल्लीबजार पुर्ण बन्द भए संगै लकडाउन थपिदै जादा किसानहरुलाइ झनै समस्या हुने उनले बताए ।





.jpg)