होमपेज / अर्थ
इन्द्र बुढाथोकी चैत ४,सल्लीबजार
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा बनगाड कुपिण्डे नगरपालिका रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरूका लागी सहकारी संस्था सञ्चालन तथा व्यवस्थापन ५ दिन तालिम आइतबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकी सहकारी व्यवस्थापन गरियो भने त्यसको सिधै अर्थतन्त्र सङ्ग जोडिने भएकोले यसलाई व्यवस्थित गरेर जानू पर्ने बताउनु भएको छ ।
सहकारीको सिद्धान्त भनेको छरिएर रहेको पुजी अथवा छरिएर रहेको श्रम शक्तिलाई एक ठाउँमा राखेर परिचालन गर्नु सहकारी हो । कुनै आय आर्जन गर्न सक्ने अवस्था सहकारीले गर्न सक्ने त्यसमा लाग्न गर्न सहकारीको महत्त्वपूर्ण भूमिका रहने समेत बताउनु भएको छ । सहकारी पनि सरकारको तीन खम्बे नीति भित्र पर्ने भएकोले सरकारी, सहकारी, निजी बजेटको आवश्यकताले नै मात्र देश सफल हुन सक्ने समेत उहाँले बताउनु भएको छ । सबै सहकारीमा लाग्ने भएकोले यसले नयाँ काम गर्नु पर्ने समेत बताउनु भएको छ । उहाँले यश क्षेत्रमाका धेरै सहकारीहरूले जनताको लगानी डुबाएकोले त्यसतर्फ सबै सचेत हुन समेत अनुरोध गर्नु भएको छ । देशमा ठुला ठुला काम पनी सहकारी बाट सफल भएको समेत बताउनु भएको छ । नगर उप प्रमुख पुरुषोत्तम आचार्य जुन राज्यले परिकल्पना गर्यो जुन छरिएर रहेको पुजिलाई सङ्कलन गरी आवश्यक परेको व्यक्तिको समस्या समाधान गर्न सहज हुने गरी सहकारी स्थापन गरेको बताउनु भएको छ । विभिन्न सहकारीले यस क्षेत्रका अन्य सहकारी जस्तो नहोस् । गाउगाउमा सहकारी घरघरमा भकारी भन्ने सरकारले नारा ल्याएको र त्यही उद्देश्यका साथ खोलिएका सबै हराएकोले अब त्यस्तो नगर्न सबैलाई आग्रह गर्नु भएको छ । नगरपालिका भित्र २१ वटा सहकारी भएपनी अहिले कुनै सञ्चालनमा नभएको समेत बताउनु भएको छ । सहकारी भनेको समूहमा मिलेर काम गर्ने भएको समेत बताउनु भएको छ ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ती, १ न वडा अध्यक्ष थुम बहादुर बिसी, योजना शाखा प्रमुख धर्मराज ढकाल, लेखा अधिकृत दिनेश भण्डारी, इन्जिनियर महेश देवकोटा आइटी शिवराज नकाल, प्रशासन शाखा प्रमुख बालाराम बास्तोला लगायत ६ वटा सहकारीका २४ जनाको सहभागिता रहेको छ भने तालीम ८ गते सम्म सञ्चालन हुनेछ ।
सहकारी सम्बन्धी तालीम जनचेतनामूलक तालीम दिन आवश्यक रहेको र विगत देखि अहिले सम्म कुनै तालीमहरू नभएको र अब यसलाई नियमित गरेर लैजान अनुरोध गर्दै आफूहरू आशा बादी रहेको बताउनु भएको छ । स्थानीय सरकार गठन भएको बाट पहिलो पटक सहकारी सम्बन्धी पालिका भित्रका सहकारी बिच भेटघाट भएको र यसलाई नियमित अनुगमन तालिमको व्यवस्था गर्नु पर्ने बताउनु भएको छ ।
समस्या ग्रस्त सहकारीलाई कसरी उत्थान गर्न सकिन्छ । आर्थिक मेरुदण्ड रुपमा विकास गर्न सकिन्छ भन्ने सबैले सोच्नु पर्ने समेत बताएको छ ।





.jpg)