होमपेज / अर्थ
इन्द्र बुढाथोकी चैत २,सल्यान
हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सल्लीबजारले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृतक बीमित त्रीलोक जङ्ग शाहको आफन्तलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
घातक रोग क्यान्सरका कारण उपचारको क्रममा मृत्यु भएका सल्यान बागचौर नगरपालिका वडा न ५ का त्रीलोक जङ्ग शाहको परिवारलाई २१ लाख रुपैया विमा रकम र उपचार खर्च ५ लाख गरेर जम्मा २६ लाख रकम हस्तान्तरण गरिएको शाखा प्रमुख प्रदीप रानाले जानकारी दिनु भएको छ । २०८० भदौ २४ गते ४२ वर्षको उमेरमा क्यान्सर रोगका कारण उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।
शाखा प्रमुख रानाले मृतकको श्रीमती प्रमिला कुमारी चन्द्र र जेठान गणेश बहादुर चन्दलाई मृत्यु दावी भुक्तानी रकम २१ लाख ६२ हजार रुपैयाँको चेक रकम हस्तान्तरण गरिएको हिमालय लाइफ सल्लीबजार शाखाले जनाएको छ ।





.jpg)