होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान, २७ माघ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका बनगाड कुपिण्डे महिला सहकारी सस्था लिमिटेडको तेस्रो साधारणसभा आज शनिबार देबस्थलमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा बोल्दै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले छरिएर रहेको पुजीलाई एकीकृत गरेर व्यवस्थित गरेर लगानी गरि त्यसलाई सहि काममा लाग्नुनै सहकारी भएको बताउनु भयो । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सहकारी माध्यम बाट विभिन्न समस्यामा परेकालाई सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।
स्थापना भएको भरखरै भएकोलेले धेरै प्रगति नगरे पनि विस्तारै यसले व्यवसायी तिर ध्यान दिनु पर्ने बताउनु भयो । ठाउँको पहिचान गरेर नगरपालिका तर्फबाट सहयोग हुने भनाई उहाँको छ ।
शेयर समेत फिर्ता दिन नसक्ने अवस्था पुगेको छ व्यक्ति हावी भएको कारण सल्लीबजार क्षेत्रमा रहेका दर्जनौं सहकारी बन्द भएका छन । आउदो दिनमा सीप सिक्ने, चाहना अनुसार आफुले सिक्ने सिपको विकासको लागि नगरपालिका सहयोग गर्ने नगर उप प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भएको छ । सीप सिके अनुसार व्यबहारमा लागू पर्ने बताउनु भएको छ ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, कार्यपालिका सदस्य विमला गन्धर्व, प्रशासन तथा सहकारी शाखा प्रमुख बालाराम बास्तोला, जिन्सी शाखा प्रमुख घन बहादुर विसि, कुपिण्डे बचत तथा सहकारीका अध्यक्ष दिपक कुमार यरि लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सीप सिक्नको लागि लगानी लिए अनुसार त्यही क्षेत्रमा काम गर्न समेत जोड दिनु भएको छ । सहकारी अध्यक्ष बिपना बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रमको संचालन अविसरा वलीले गर्नु भएको थियो ।





.jpg)