होमपेज / अर्थ
इन्द्र बुढाथोकी माघ २६,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा ४५ दिने हाउस वाइरिङ्ग तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) द्वारा ४५ दिने हाउस वाइरिङ्ग सम्बन्धी प्राविधिक सीप विकास तालीम र उपयुक्त प्रविधिमा पहुँच तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
पौष ११ गते देखि माघ २६ गते सम्म सञ्चालन भएको कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, १ न वडा अध्यक्ष थुम बहादुर बिसी, २ न वडा अध्यक्ष मानबहादुर खत्री, प्रशिक्षक रेसम घर्ती, बसन्ती विक लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले सीप सिकेर आत्मनिर्भर बन्न सबैमा आग्रह गर्नु भएको छ । लेभल वान अहिले सञ्चालन गरेको र आउँदो दिनमा लेभल दुई तालिम समेत सञ्चालन गरिने बताउनु भएको छ । दक्ष भएर व्यवहारमा लागू गर्न समेत अनुरोध गर्ने भएको छ । सीप सिकेर आम्दानीको स्रोत बनाउन समेत अनुरोध गर्नु भएको छ ।
शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार लगायत सीप विकास तालीममा समेत नगरपालिका प्राथमिकता दिएको समेत बताउनु भएको छ ।
भौतिक पूर्वाधार मात्र विकास गर्छ भन्ने हरूका लागि पनि सीप विकास कार्यक्रम सञ्चालन गर्छ भन्ने कुरा सबैलाई बुझ्न आवश्यक रहेको बताउनु भएको छ । सीप तालीम सिकेर आफ्नो जीवन व्यवहार परिवर्तन गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भएको छ । हामीले विकास गर्दै जाने तर जनता हल्लाको पछाडि लागेर भ्रष्टाचार गरे भनेर गाली गर्ने बाहेक अरू केही देखिँदैन यदि भ्रष्टाचार गरेको प्रमाण भए देखाउन नगर उप प्रमुख आचार्यले अनुरोध गर्नु भएको छ ।
प्रशिक्षक रेसम घर्ती यस्तो अवसर दिएकोमा नगरपालिकालाई धन्यवाद दिँदै प्रशिक्षक घर्तीले भन्नू भयो असाध्यै राम्रो सीप सिक्नु भएकोमा असाध्य खुसी भएकोमा प्रशिक्षार्थी इन्द्र प्रकाश वलीले सीप सिकाइकोमा धन्यवाद दिँदै आउँदा दिनहरूमा यो भन्दा राम्रो कार्यक्रम ल्याएरमा सहभागी हुने समेत विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले यस्तै थुप्रै सिपहरू सिकाउन समेत अनुरोध गरेका छन् । सीप सिकेर आत्मनिर्भर हुने समेत बताउनु भएको छ । २१ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको थियो ।





.jpg)