ट्रेण्डिङ

होमपेज / अर्थ

कोरोना कहर : कुखुराले बजार नपाएपछि किसान मारमा

  इन्द्र बुढाथोकी २०७६ चैत्र १९ गते बुधबार ०७:५४:१८ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत १९, सल्यान
विश्वभर फैलिएको  कोरोना भाइरसका कारण सल्यानमा कुखुरोको मासु बिक्रि बन्द भएको छ । देश भर लगाइएको लकडाउन तथा मासुको खान उपभोक्ताले छोडेपछि बन्द भएको हो । ब्रोइलर कुखुरा बिक्री हुन छाडेपछि व्यवसायिक कुखुरा पालन गर्दै गर्दै आईरहेका कृषकहरु भने मारमा परेका छन् । 


बनगाड कुपिण्डे नगरपालिका भित्र १५ हजार कुखुरा बिक्री नहुँदा किसानले घरमै पालेका छन भने ब्रोइलर कुखुरालाइ खुवाउने दान नहुँदा किसानलाइ समस्या भएको किसान निमप्रसाद बुढाले जानकारी दिउनले आफ्नोए ।

 घरमा भएका ३ सय ब्रोइलर कुखुरा बिक्री नहुदा घरखर्च चलाउन समेत अफ्ट्यारो भएको बताएका छन । उनले भने ५०/६० दिनका भैसकेका छन चिनमा कोरोना आएको हल्ला सगै गाउघरमा खाना छाडेका हुन ।  ब्रोइलर कुखुराको मासु खाएमा कोरोना लाग्ने भन्दै खाना छाडेको उनको भनाई छ । 
किसान तुल्सी बुढाका पनि ६ सय  कुखुरा रहेका छन्  ।

सबै कुखुरा  विक्री गर्न लायक भई सकेका छन् तर बजार नहुँदा घाटा व्यहोरी रहनु परेको उनले बताए । लकडाउनका कारण कुखुरालाइ खुवाउने दान नभएको र पहिले दान पाए पनि देश लकडाउन भए देखि दाना नहुदा र धेरै दिनमा बिक्री नहुदा दाना धेरै खाने हुनाले पुर्‍याउन नसकिएको र बिक्री पनि नभएको उनले बताएका छन । घरमा बसेर ब्रोइलर पालन गरेर परिवार पल्ल्दै आएका उनलाइ अहिले समस्या भएको बताएका छन । 

कुखुरा पालनलाई मुख्य व्यवसाय बनाएका किसानहरु बढी प्रभावित भएको अर्का किसान निम बहादुर बुढाले बताए । आफुसँग ३ सय कुखुरा भएको र बजारको अभावका कारण घाटा व्यहोरेर दाना खुवाई रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top