होमपेज / अर्थ
इन्द्र बुढाथोकी १८, सल्यान
सल्यानको पश्चिमी क्षेत्रका एक किसानले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थलका केशब बस्नेतले भैँसीपालन बाट मनग्ये आम्दानी गर्दै आएका हुन । करिब १५ लाख रुपैया बैंकबाट ऋण ल्याएर भैंसीपालन व्यवसायतिर लागेका बस्नेतले भैसी पालनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । ५ वटा भैंसी र ३ वटा पाडा गरि जम्मा ५ लाखमा खरिद गरि गरेको व्यवसाय गरि रहेको उनको भनाई छ । भैसीँ खरिद र आधुनिक गोठ निर्माणमा १५ लाख रुपैँया खर्च भएको उनको भनाई छ । उनीसँग अहिले स्थानिय जातको र अन्य जातका भैसीँ छन् । भैँसीले दैनिक रुपमा ३० लिटर भन्दा बढी दूध दिने गरेका छन् र बजारको माग अनुसार पुर्याीउन नसकिएको उहाँले बताए । ५ जनाको परिवार रहेको बस्नेतले भैसीपालन गरे सङ्गै एक जनालाई रोजगारी समेत दिएका छन् । अझै भैंसी थप्ने योजना रहेको समेत बताए ।
भैसीँको दूध वेचेर मासिक रु।५० हजार आम्दानी भैरहेको बस्नेतको भनाई छ । दैनिक १८ सय रुपैँया दूध विक्रिबाट आम्दानी भैरहेको छ बस्नेतको भनाई छ । उनले भैँसीपालन ब्यबसायलाई ब्यबस्थित बनाउनका लागि ८ वर्षको लागि १५ रोपनी खेत भाडामा समेत लिएक छन् । वस्नेतले बनगाडी भैसीँ पालन फर्म दर्ता गरेर नै भैसीँपालन व्यवसाय शुरु गरेका हुन ।
युवा शक्ति सबै विदेश जाने क्रम चलिरहेको बेला उनी भने गतिलो उदारिणिय बनेका छन् आफुले व्यवसायको लागि धेरै क्षेत्र रोजेपनी भैसि पालन जस्तो अन्य पेशा नभएको कारण आफू भैंसी पालन मा लागेको बताए।
यूवा शक्ति सवै विदेशीने क्रम चलिरहेको वेला वस्नेत भने गाउँमै केहि गर्नुपर्छ भनेर बैंकबाट ऋण लिएर व्यवसायीक भैसीँ पालनमा जुटेपनी सरकारले कृषकलाई शौलियत ऋण दिने भनेपनि आफुले भने शौलियत नभई कृषि ऋण नपाएको समेत दुखेसो पोखे ।
ब्यबसाय सञ्चालनको लागी कुनै पनि निकायले सहयोग नगरेको उनको गुनासो छ । राज्यले ब्यबसायी रुपमा ब्यबसाय गर्न चाहाने किसानहरुलाई सहुलियतमा ऋण उपलब्ध बनाउनुपर्ने उनको भनाई छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारका किसान लक्षित कार्यक्रम कागजमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको किसानको गुनासो छ ।





.jpg)