ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको दार्मा गाउँपालिकाले ल्यायो ४४ करोडको बजेट

  प्रकाश शर्मा २०८० असार ११ गते सोमबार १५:१६:२२ मा प्रकाशित

असार ११,प्रकाश  शर्मा दार्मा ।
सल्यानको दार्मा गाउँपालिकाले ४४ करोड बढीको बजेट ल्याएको छ ।  गाउँपालिकाको १३ औं अधिवशेनबाट  उत्पादनमा वृद्धि  दार्माको सम्मृद्धि मुल नाराका साथ  आर्थिक वर्ष  २०८०र८१  कुल अनुमानित रकम रु ४४ करोड ४ लाख ७ हजार २०० बराबरको बजेट ल्याएको हो । 
 अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३३ करोड ९८ लाख ४ हजार ,केन्द्र तथा प्रदेस सरकार राजस्व बाँडफाँडबाट रु ८  करोड ११ लाख ३ हजार   दार्मा गाउँपालिका आन्तरिक आय रु ३५ लाख  र अघिल्लो वर्षको वैक मौजातबाट रु १ करोड ६० लाख प्राप्तहुने  अनुमान गरिएको छ।   

सभाले करार कर्माचारीको तलब घटाएको छ । श्रेणि विहिन कर्मचारीको २० प्रतिशत ले घटेर तलभ १६,३८० बनाएको छ  ।  योभन्दा अगाडि २०,२३० तलब पाउँदै आएका थिए ।
यस्तै चौथो तहका कर्माचारी को तलभ २७ प्रतिशत ले घटेर १९,८८० भएको छ यस अगाडि  २७,६०० रहेको थियो  ।पाँचौ तहका कर्मचारी को तलभ २२७८० छैटौ ३१८९० हुने भएको छ । यस्तै स्वयम सेवक शिक्षको तलभ ५ प्रतिशतले घटेको छ ।
आउँदो आर्थिक वर्षमा मा वि शिक्षक ले २१८५० नि मा वि शिक्षक ले १९५५०  र प्रावि शिक्षकले  १९००० पाउने छन ।

 सभाले आर्थिक बर्ष २०८०  र०८१ को वजेटका ११ प्रथामिकताका क्षेत्रहरुमा वजेट विनियोजन गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top